राजनीति


सचिवालय बैठकमा ओलीको ब्रिफिङ : अन्तर्राष्ट्रिय दबाबले प्रचण्डजी टिक्न सक्नुभएन

सचिवालय बैठकमा ओलीको ब्रिफिङ : अन्तर्राष्ट्रिय दबाबले प्रचण्डजी टिक्न सक्नुभएन

नेकपा एमाले सचिवालय बैठक। तस्बिर: बालकाेट।


नेपालखबर
फागुन १३, २०७९ शनिबार ११:४९, काठमाडौँ

नेकपा एमालेले राष्ट्रिय/अन्तर्राष्ट्रिय दबाबमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टिक्न नसकेको ठहर गरेको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमको बारेमा ब्रिफिङ गरेका थिए।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउने ७ दल एकै ठाउमा उभिएदेखि विभिन्न शक्ति त्यसलाई भत्काउन लागेको ओलीले बैठकमा बताएका थिए। 

‘पुस २६ गते प्रचण्डजीलाई कांग्रेसले उसै विश्वासको मत दिएकै होइन,’ बैठकमा ओलीले राखेको भनाई उदृत गर्दै एक पदाधिकारीले नेपालखबरसँग भने, ‘त्यहीदिनदेखी इन्टरनेशनल प्रेसर सुरु भयो। त्यसमा प्रचण्डजी टिक्न सक्नु भएन।’

‘राष्ट्रिय÷अन्तर्राष्ट्रिय दबाबमा उहाँ झुक्नुभयो’, बैठकमा ओलीको भनाई थियो। बैठकले पुस १० गतेको सहमती अनुसार उम्मेदवार उठाउने निर्णय पनि गरेको छ। 

‘पुस१० गते नै हामीले राष्ट्रपति लिने सहमती भएकोले हामी त्यसमै अडिने निर्णय गर्दै हाम्रा उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेका छौँ,’ ती नेताले भने, ‘सुवासजीलाई  जिताउन काङ्ग्रेसबाहेक सबै दलसँग छलफल गर्छौं।’

एमालेले तत्काल सरकार पनि नछाड्ने भएको छ।

‘पहिलाको सहमती अनुसार अहिले सरकार छोड्नपर्ने कुनै कारण छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad