नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेको उम्मेदवारले जित्ने दाबी गरेका छन्।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सामाजिक पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई बधाई दिँदै उनले जितिने दाबी गरेका हुन्।
एमालेले नेम्वाङलाई पार्टीको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो।
सामाजि सञ्जालबाट सो बारे जानकारी गराउँदै भट्टराईले लेखेका छन्,‘सुवास नेम्बाङ राष्ट्रपती उम्मेदवार। बधाई छ सुवास दाई। जितिन्छ।’
आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार बसेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रसहित ८ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई जिताउने निर्णय गरेपछि वर्तमान सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ।
Shares

प्रतिक्रिया