नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएलगत्तै नेपाली कांग्रेसका नेताहरु बालुवाटार छिरेका छन्।
ओली बालुवाटारबाट बाहिरिएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पसेका हुन्।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बालुवाटार पुगेका ओली र प्रचण्डबीच कुरा मिल्न नसकेको स्रोतले जनाएको छ।
ओलीले पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति एमालेकै हुनुपर्ने बताएका थिए।
तर प्रचण्डले अहिले पनि आफू राष्ट्रिय सहमतिको पक्षमा रहेको कुरा राखेका थिए।
प्रचण्डसँगको वार्तापछि ओली बाहिरिएलगत्तै खड्का बालुवाटार छिरेका हुन्।
उनी अहिले ५ बजेका लागि तय भएको पुरानो गठबन्धनका ४ दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन्।
बैठकमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे पनि बालुवाटार पुगेका छन्।
यो बैठकले राष्ट्रपति र उपराष्ट्रपतिसहितका पद भागबन्डाको फाइनल गर्ने बताइएको छ।
Shares

प्रतिक्रिया