ad ad

राजनीति


संसदको शून्य समयमा उठेका विषयको जवाफ दिने प्रबन्ध गरियोस् : एनपी साउद

संसदको शून्य समयमा उठेका विषयको जवाफ दिने प्रबन्ध गरियोस् : एनपी साउद

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १४:२८, काठमाडौँ

प्रतिनिधिसभा सदस्य एनपी साउदले संसदको शून्य समयमा उठेका विषयमा सरकारका मन्त्रीहरू जवाफदेही नहुँदा संसदको गरिमा घटेको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले मन्त्रीहरुले संसदमा उठेका विषयहरुको जवाफ नदिँदा शून्य समयको गरिमा घटेको बताएका हुन्। 

‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्व छ। देशभरीका समस्याहरुलाई एक मिनेटभित्र सांसदहरुले सदन समक्ष प्रस्तुत गर्ने परम्परा छ,’ साउदले भने, ‘तर यसको बारेमा सरकारका मन्त्रीहरुले आएर जवाफ दिने नगर्नु भएको हुनाले यसको गरिमा घटेको छ।’ 

उनले प्रजातन्त्रमा सुशासन र जवाफदेहितको महत्व हुने जिकिर गर्दै संसदले मन्त्री र सरकारलाई रुलिङ गरेर जवाफ दिने प्रवन्ध गर्नुपर्नेमा पनि जोड दिए। 

‘प्रजातन्त्रमा सुशासन र जवाफदेहिताको महत्व हुन्छ,’ नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद साउदले भने, ‘मन्त्रीहरुलाई, सरकारलाई स्पष्ट रुपमा रुलिङ गरेर यहाँ आएर जवाफ दिने प्रबन्ध गरियोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .