राजनीति


राष्ट्रपति निर्वाचन: कांग्रेस नेतृत्वसँग वार्ता गर्न धुम्बाराही पुगे माधव नेपाल

राष्ट्रपति निर्वाचन: कांग्रेस नेतृत्वसँग वार्ता गर्न धुम्बाराही पुगे माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०७९ बुधबार १७:२०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास धुम्बाराही पुगेका छन्। 

अध्यक्ष नेपाल पार्टीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर धुम्बाराही पुगेका हुन्। 

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको मिति नजिकिँदै गर्दा नेताहरुको भेटघाटले तीव्रता पाएको छ। 

एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको टोली धुम्बाराही पुग्नुअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि पुगेका थिए। 

त्यसअघि बुधबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर नेतासहित देउवा भेट्न गएका थिए।

बुधबार नै एकीकृत समाजवादीको सचिवालय बैठकले अहिलेसम्म राष्ट्रपतिका लागि कसैले प्रस्ताव नगरेको जनाएको थियो।

तर, उसले राष्ट्रपति पद आफूले लिने गरी सबै दलसँग छलफल अघि बढाउने निर्णय लिएको छ। समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले राष्ट्रपति पद आफ्नो पार्टीले लिनका लागि एमालेसँग समेत छलफलका लागि ढोका खुल्ला गरिएको बताए।

'राष्ट्रपति पद हाम्रो पार्टीले लिने गरी संसदका सबै दलसँग छलफल गर्ने रणनीति अनुसार कांग्रेससँग संवाद हुन लागेको हो', उनले भने, 'हामीले राष्ट्रपतिमा किन दाबी नगर्ने? त्यसका लागि हामी सबै दलसँग संवाद गर्छौँ, मिलेसम्म राष्ट्रपति लिने वातावरणका लागि यो संवाद अघि बढेको हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .