राजनीति


मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न पूर्वमुख्यमन्त्रीको संयोजकत्वमा परामर्श समिति गठन

मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न पूर्वमुख्यमन्त्रीको संयोजकत्वमा परामर्श समिति गठन

नेपालखबर
फागुन १०, २०७९ बुधबार १७:०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ। 

संयोजक राउत मधेश प्रदेशका पूर्वमुख्यमन्त्री हुन्।

समितिको सदस्यहरुमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भई कार्य गर्ने छन्।

समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने कार्य गर्नेछ। 

केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad