राजनीति


रेशमबारे नागरिक उन्मुक्ति– प्रधानमन्त्रीले माघी उपहार दिने भन्नुभयो तर पाएनौं

लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए सदनमा विरोध गर्ने
रेशमबारे नागरिक उन्मुक्ति– प्रधानमन्त्रीले माघी उपहार दिने भन्नुभयो तर पाएनौं

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरी।


नेपालखबर
फागुन १०, २०७९ बुधबार १३:३२, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै सभामुखबाट रुलिङ हुनुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘माघी उपहार दिन्छु’ भने भनेको स्मरण गराए। 

डिल्लिबजार जेलमा रहेका रेशम चौधरीको रिहाई माग गर्दै सांसद चौधरीले माघी उपहार दिन्छौं भनेर प्रधानमन्त्रीले भनेको भएपनि होली आउनलाग्दा पनि सोचेको जस्तो नपाएको भन्दै आपत्ति जनाए। 

‘प्रधानमन्त्रीज्यूले माघी उपहार दिन्छौं भन्नुभएको थियो। माघी बितिसक्यो होली आइसक्यो तर हामीले सोचेको जस्तो पाएनौं,’ सांसद चौधरीले संसदमा भने, ‘हामी पटक पटक पार्टीको तर्फबाट लाल आयोग सार्वजनिक गराउनपर्छ भन्ने रुलिङ सभामुखबाट जानकारी गरायौं।’

लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएकोप्रति आपत्ति जनाउँदै यथाशिघ्र चाँडो सार्वजनिक गर्न समेत उनले संसदमा माग गरेका छन्। 

‘सर्वोच्च अदालतले २०८९ माघ २४ गते जुन फैसला गरेको थियो त्यसको विपरित लोकसेवा आयोग खोलेको हुँदा ०७२ सालको संविधान अनुसार आरक्षण कोटा पाउनुपर्छ,’ उनले भने, ‘लोक सेवा आयोगमा थारु आरक्षण कार्यान्वयन हुनुपर्छ।’

लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए संसदमा विरोधमा उत्रने पनि उनले चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad