राजनीति


पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एकीकृत समाजवादीको आपत्ति

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एकीकृत समाजवादीको आपत्ति

नेपालखबर
फागुन ८, २०७९ सोमबार २०:५०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) ले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते ७३ औं प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति मार्फत जनाएकाे छ। 

अध्यक्ष माधवकुमार नेपालले पूर्वराजाको वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरूद्धको असंवैधानिक र अनधिकृत वक्तव्य भएको जनाएका छन्। 

‘उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूप्रति जसरी लाल्छना लगाइएको छ, त्यो आपत्तिजनक छ’ सोमबार जारी विज्ञप्तिमा उनले भनेका छन्।

‘केही दिन अगाडि झापाबाट सुरु भएको एउटा गणतन्त्र विरोधी अभियानको उद्घाटन गरेका ज्ञानेन्द्र शाहले विगतमा राजतन्त्रले पटक(पटक जनताका अधिकारमाथि धावा बोलेको प्रसङ्गलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्था विरुद्द बोल्नु सरासर गलत कुरा हो; विज्ञप्तिमा भनिएको छ, ‘यसले मुलुकको अग्रगमन र प्रगति चाहनेहरूलाई गम्भीर र चिन्तित बनाउनु स्वाभाविक छ। अतः सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र व्यक्तिहरु यस खाले गतिविधिका विरुद्ध एकजुट भएर प्रतिवाद गर्न हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .