राजनीति


सत्ता गठबन्धन टिक्दैन, एक हप्ताभित्र भविष्य टुंगो लाग्छ : माधव नेपाल

सत्ता गठबन्धन टिक्दैन, एक हप्ताभित्र भविष्य टुंगो लाग्छ : माधव नेपाल

नेपालखबर
फागुन ७, २०७९ आइतबार १४:३२, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले  सत्ताधारी गठबन्धन कुन दिन भत्कन्छ भन्ने थाहा नभएको बताएका छन्।

पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। 

अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने अध्यक्ष नेपालले दाबी गरे। गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै लामो समय नटिक्ने नेपाललको तर्क छ। 

‘कुन दिन त्यो गठबन्धन भत्किने हो? ठेगान छैन। त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सूरु भइसकेको छ। ढोक्सा थाप्ने भनेको त्यही हो,’ नेपालले भने, ‘त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो। त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो? राष्ट्रपतिको चुनावबाट थाहा भईहाल्छ।’

‘अहिले देखिरहनु भएको छ एक किसिमको गठबन्धन छ अहिले। त्यो गठबन्धनमा राजतन्त्रलाई फेरी ल्याउनुपर्छ भन्ने तत्वहरु पनि छन प्रतिगामीहरु। संघीयता विरोधीहरु पनि छन। अनि त्यहाँ बामपन्थीहरु पनि छन। संविधान विरोधीहरु पनि छन्’, उनले थपे, ‘संविधानका रक्षकहरु पनि छन्। यो भन्दा पहिलाको गठबन्धन कस्तो थियो? काँग्रेस थियो संविधानको पक्षमा उभिने। वामपन्थीहरु थिए। गणतन्त्रको पक्षमा उभिने।’

उनका अनुसार कांग्रेसले सबै पद आफैंले लिनुपर्ने भन्ने प्रवृत्ति देखाउँदा तत्कालिन गठबन्धन भत्किएकाे हाे।

‘कांग्रेसका सारा पद आफैले लिनुपर्छ भन्ने प्रवृत्ति देखियो। यसले गर्दा समस्या पर्‍यो। तर अहिले हामीले त्यहाँ देख्यौं। नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले,’ उनले भने, ‘पहिले त केके न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे। त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ।’

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठक जारी छ। 

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad