कारोबार


मोलुङ हाइड्रोपावरको आईपीओमा बुधबारसम्म आवेदन दिन पाइने

मोलुङ हाइड्रोपावरको आईपीओमा बुधबारसम्म आवेदन दिन पाइने

नेपालखबर
फागुन ७, २०७९ आइतबार १४:४३, काठमाडौँ

मोलुङ हाइड्रोपावर कम्पनीले बिक्रीमा ल्याएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा बुधबार (फागुन १० गते)सम्म आवेदन दिन सकिनेछ। 

कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणको लागि आईपीओ बिक्रीमा ल्याएको हो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ।

कम्पनीले सर्वसाधारणको लागि २२ लाख ६४ हजार ६५५ कित्ता आईपीओ जारी गरेको छ । यस्तै ५ प्रतिशत अर्थात् एक लाख ३६ हजार ४२५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु का साथै सिडिएसीको मेरो सेयर तथा सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले ओखढुंगाको मोलुङ गाउँपालिकमा ७ मेगावाटको क्षमताको मोलुङ खोला जलविद्युत आयोजना निमार्ण गरी २०७४ चैत १२ देखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।

आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ८० लाख रहेको छ भने आयोजनाको कुल अनुमानित लागत एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad