सरकारले कालापानीसम्म बाटो बनाउन बजेट विनियोजन गरेको छ।
गृहमन्त्री रामबहादुर थापा बादलले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा भएको छलफलमा बाटो खन्न बजेट छुट्याइएको जानकारी दिए।
गृहमन्त्री थापाले भारतसँगको सिमानामा १ सय ५ वटा बाेर्डर आउट पोष्ट स्थापना गर्ने जानकारी पनि दिए। त्यस्तै चीनसँगको सीमा ७ वटा बाेर्डर आउट पोष्ट स्थापना गरिने छ।
समितिमा सीमा समस्याबारे गृह, परराष्ट्र, भूमिलगायत चार विभागीय मन्त्रीसँग छलफल चलिरहेको छ।

प्रतिक्रिया