नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोमा विरोध जनाएका छन्।
बुधबार बसेको संसद बैठकका क्रममा बोल्दै उनले जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको विरोध गरेका हुन्।
उनले कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा र देशको सुरक्षालाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र? भनि प्रश्नसमेत गरे।
‘संविधानमा जनयुद्ध शब्द कतै लेखिएको छैन। तर सरकारले जनयुद्ध दिवसमा बिदा दियो। जनयुद्ध दिवसको उपलब्धि के हो? कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा, देशको सुरक्षा परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र?’, उनले सोधे।
सुवालले सडकजाम नगरी राष्ट्रपतिको सवारी गराउन गृहमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्रीले किन नसकेको हो संसदलाई जानकारी दिन माग गरे।
Shares
प्रतिक्रिया