ad ad

राजनीति


कोटेश्वरमा माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

कोटेश्वरमा माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

नेपालखबर
फागुन २, २०७९ मंगलबार १०:५४, काठमाडौँ

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाललाई भेट्न विदेश सचिव क्वात्रा निजी निवास कोटेश्वर पुगेका सिथए। 

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। 

हिजो बिहान काठमाडौं आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .