राजनीति


अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट

नेतृत्वमा को को छन् प्रतिस्पर्धी?
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट

नेपालखबर
फागुन २, २०७९ मंगलबार ७:३२, काठमाडौँ

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) को महाधिवेशन आजबाट सुरु हुँदैछ। 

अनेरास्ववियुको यो २३ औं राष्ट्रिय महाधिवेशन हो। मंगलबारदेखि बुधबारसम्म काठमाडौंमा हुने महाधिवेशनको उद्घाटन सत्र आज सुरु हुने भएको हो। महाधिवेशनको आज प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुनिता बरालले जानकारी दिइन्।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ महाधिवेशन हुन लागेको हो।

राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको यसअघि पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो। 

७ वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरिने बताइएको छ।

यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन।

भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad