ad ad

राजनीति


नयाँ सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको दिवाभोज (तस्बिरहरू)

नयाँ सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको दिवाभोज (तस्बिरहरू)

तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
माघ २८, २०७९ शनिबार १७:७, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज आयोजना गरेकी छिन्। राष्ट्रपति भण्डारीले दोस्रो कार्यकाल सकिनुअघि राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसदहरूललाई शीतल निवास बोलाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिइएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संघीय संसदका नवनिर्वाचित सांसदहरूलाई चियापान कार्यक्रमको आयोजना गरिएको हो।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भइसकेकाले राष्ट्रपति भण्डारीले चियापान कार्यक्रममार्फत् बिदाइको संकेत दिएकी हुन्। उनको कार्यकाल फागुन २८ सकिँदैछ ।

चियापान तथा दिवाभोज कार्यक्रममा संघीय सांसदसँगै विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति छ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,  एमाले अध्यक्ष केपी शर्मा ओली तथा सरकारका मन्त्रीहरुको उपस्थिति रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .