अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाइल ह्याक गरी रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियार रहेका छन्।
प्राविधिक सबुत, प्रमाण र ह्यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाइल ह्याक गरी सोही प्रोफाइल मार्फत सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई एक पीडितको साथबाट नगद ५० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनी उपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।
93
Shares

प्रतिक्रिया