आइतबार पक्राउ परी सोमबार रिहा भएका नेकपा (क्रान्तिकारी माओवादी) पार्टीसम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले आफूहरुमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन्।
सीमा अतिक्रमणको विरोधमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा प्रायोजित रुपमा आफूहरुलाई गिरफ्तार गरिएको बताए।
‘सीमा मिचिएको विषयमा कुरा उठाउँदा हामीलाई देशभक्त भनिएको छ, सामाजिक सञ्जालमा, मिडियामा राम्रो प्रचार भयो,’ उनले भने, ‘तर, देशभक्तहरुमाथि नै किन दमन गरियो? हामीमाथि नै लाठी चार्ज भयो?’
सरकार फासीवादतर्फ गएको आरोप पनि लगाए।
उनले नेपाल अमेरिकाको फौजी रणनीतिमा सामेल भए नेपाललाई केही पनि फादा नहुने जिकिर गरे।
प्रतिक्रिया