सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवाको एक समारोहका बीच शुभारम्भ गरेको छ।
गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमाको माध्यामवाट सहज रुपमा बीमा सेवा प्राप्त हुने भएकोले यसबाट अत्यधिक लाभको लागि आग्रह गर्दै स्थानिय निकाय सँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरे।
गाउँपालिका पदाधिकारी, अगुवा कृषक तथा स्थानिय जनताको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा गाउँपालिका उपाध्यक्ष लालसुव्वा गुरुङ्ग तथा नेपाल बीमक संघका महा सचिव चंकी क्षेत्रीले शुभकामना दिएका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती वीमा सेवाको उद्देश्य, महत्व र यसवाट हुने फाइदाहरुको सम्वन्धमा प्रकास पार्दै घुम्ती सेवामार्फत घर दैलोबाटै बीमा सेवा लिन आग्रह गरे। समारोह स्थलबाटै केही बीमा लेख समेत जारी गरिएको थियो।
प्रतिक्रिया