ad ad

कला


एक्लिँदै भुवन केसी : निकटसल्लाहकारले नै छोडे साथ

एक्लिँदै भुवन केसी : निकटसल्लाहकारले नै छोडे साथ

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०७९ बिहिबार १४:५, काठमाडौँ

च्लचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी एक्लिँदै गएका छन्।

केसीले आफू अध्यक्ष भएपछि आधा दर्जन बढी कलाकारलाई सल्लाहकारका रुपमा नियुक्त गरे।

आफ्नै निर्णयका कारण विवादमा पर्दै आएका तिनै सल्लाहाकारले उनको साथ छोड्न थालेका छन्। 

भुवन केसीले नियुक्त गरेका अधिकांश सल्लाहाकारले राजीनामा दिन थालेका छन्।

बोर्डको सल्लाहकार समितीबाट संयोजक निर शाहले राजीनामा दिएका छन्।

विशेष गरेर भुवन सूर्य कर्पोरेशनसँग मिलेर दुबइमा महोत्सवको आयोजना गरपछि सबैभन्दा धेरै विवादमा परे।

यो निर्णय अघि सल्लाहकार समितिसँग केसीले केहि सल्लाह नलिएको बताइन्छ। केसीको यो कदमपछि उनीसँग सबै रुष्ट थिए।

नीर शाहसँग भुवनको नजिकको मानिएका चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पनि उनको साथ छाडेका छन्।

सल्लाहाकार समितीकै सुशान्त कुमार श्रेष्ठ, दीपाश्री निरौलाले पनि राजीनामा दिइसकेका छन्।

आकाश अधिकारी पनि राजीनामा बुझाउने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .