ad ad

राजनीति


नक्सालमा नागरिक उन्मुक्ति पार्टीको निर्णायक बैठक

नक्सालमा नागरिक उन्मुक्ति पार्टीको निर्णायक बैठक

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०७९ मंगलबार १४:२३, काठमाडौँ

सुदूरपश्चिम सरकारलाई लिएर नागरिक उन्मुक्ति पार्टीको निर्णायक बैठक काठमाडौंको नक्सालस्थित एक होटलमा बसिरहेको छ।

उक्त बैठकमा सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतकसहित सातजना सांसदहरु सहभागी छन्। त्यसैगरी बैठकमा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी छन्। 

उनले मंगलबार बिहान पार्टीका संरक्षक रेशम चौधरीसँग डिल्ली बजार जेलमा वार्ता गरेकी थिइन्। उक्त वार्तापछि उनी बैठकका लागि नक्साल पुगेकी हुन्। 

नेतृत्वसहित बसेको प्रदेश सांसदहरुको यही बैठकले बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत दिने नदिने निर्णय लिनेछ। 

डिल्ली बजार कारागारमा रेशमसँग गम्भीर छलफल गरेर फिरेकी उनले प्रदेश सांसदहरुसँग पनि छलफल गरेर एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे टुंगो लगाउने छिन्। 

गत माघ २७ गते नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधवार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। यस्तोमा नागरिक उन्मुक्तिले निर्णय लिन नसक्दा मुख्यमन्त्री रावल संकटमा छन्। 

मंगलबार काठमाडौंमै विश्वासको मत दिने नदिने निर्णयसहित नागरिक उन्मुक्तिका सांसदहरु धनगढी फर्किनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .