ad ad

राजनीति


राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन् शपथ

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले लिइन् शपथ

तस्बिर : राष्ट्रपतिकाे कार्यालय।


नेपालखबर
माघ २४, २०७९ मंगलबार १२:१८, काठमाडौँ

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन्। 

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सपथग्रहण गराएका हुन्।

राष्ट्रपति कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति थियो। 

अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार अर्याललाई निर्विरोध निर्वाचित गरिएको थियो।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .