ad ad

राजनीति


रास्वपाले सरकार छाड्दा कांग्रेसलाई ‘हर्ष न विस्मात’

लेखक भन्छन् : एमाले किन विचलित भयो बुझ्न सकिएन
रास्वपाले सरकार छाड्दा कांग्रेसलाई ‘हर्ष न विस्मात’

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०७९ सोमबार १७:४१, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनमा पहिलो सहभागितामै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘न हर्ष, न विस्मात’ मा देखिएको छ। 

कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले रास्वपा सरकारबाट बाहिँरिदा आफूहरुलाई दुःख र खुसी केही नभएको प्रतिक्रया दिएका छन्। 

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा बसेका सभापति शेरबहादुर देउवालाई भेटेर बाहिरिने क्रममा उनले भने, ‘उहाँहरू बाहरिएपछि हामी खुसी–दुःखी केही छैनौँ।’

लेखकले पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको रास्वपाले मन्त्रीहरु फिर्ता बोलाउँदा सत्ता साझेदार नेकपा एमाले विचलित देखिएको पनि टिप्पणी गरे। 

‘अहिले एमाले सबैभन्दा बढी विचलित भएको छ,’ उनले भने, ‘एमाले किन यति धेरै अधैर्य र विचलित भएको छ मैले बुझ्न सकेको छैन।’

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले एमाले आत्तिएको देखिएको लेखकको भनाइ थियो। 

‘हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीजीको संसदमा दिएको अभिव्यक्तिले उहाँहरु ज्यादा आत्तिएको, विचलित भएको देखिएको छ,’ उनले भने। 

सत्तारुढ दल एमालेमा देखिएको चिन्ता र अधैर्यताले सत्ता गठबन्धनभित्रको खटपट संकेत गरेको मुख्य सचेतक लेखकले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .