ad ad

कारोबार


कोटा सिस्टम र सिन्डिकेसनले कुनै देश विकास भएका छैनन् : अध्यक्ष हमाल

कोटा सिस्टम र सिन्डिकेसनले कुनै देश विकास भएका छैनन् : अध्यक्ष हमाल

नेपालखबर
माघ २३, २०७९ सोमबार १७:४१, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले कुनै देश कोटा र सिन्डिकेसनले पुँजी बजारको विकास नहुने बताएका छन्। 

आइतबार सञ्चार साक्षात्कार गर्दै बोर्ड अध्यक्ष हमालले कोटा सिस्टम र सिन्डिकेसनले पुँजी बजारको विकास नहुने बताएका हुन्। 

‘कुनै देशको पुँजी बजार कोटा सिस्टम र सिन्डिकेसनले विकास भएका छैनन्,’ उनले भने, ‘बजारको विकास त उचित प्रतिस्प्रर्धाबाट हुन्छ।’

बजारको विकास गरी प्रतिस्प्रर्धा बनाउन ब्रोकर कोटा सिस्टम खारेज गरी ओपन इन्ट्री ओपन एक्जिट गर्ने व्यवस्था मिलाउन लागिरहेको हमालले बताए।

उनले त्यसको लागि मापदण्ड तय गरी लाइसेन्स लिन आएका व्यक्तिलाई समयसिमा लाइसेन्स दिने बताए। 

उनका अनुसार बजारको विस्तार र सन्तुलन मुख्य पिल्लर हुन्छ।

साथै अन्तर्राष्टिय बजारमा सार्वजनिक सस्था जनताप्रति उत्तरदायि हुने गरेको हमालको भनाइ छ। 

‘हामी प्रविधिमा पनि पछि छौं,’ उनले भने, ‘जसको अभावले चाहे जति काम गर्न सकिरहेका छैनौँ।’ 

अभावका बीच सुधारको बाटो देखाइसकेको दाबी गर्दै हमालले इतिहासमा पहिलो पटक रेटिङ कम्पनीलाई कारबाही गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .