ad ad

राजनीति


संविधान जारी भएको ७ वर्षमा ७ जना प्रधानमन्त्री फेरिए, देश अस्थिर बन्यो : ओली

संविधान जारी भएको ७ वर्षमा ७ जना प्रधानमन्त्री फेरिए, देश अस्थिर बन्यो : ओली

फाइल।


नेपालखबर
माघ २२, २०७९ आइतबार १४:१७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै राजनीतिक दलहरु एक भएर सोच्नपर्ने बेला भएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समेत लिएर सम्बोधन गर्दै ओलीले ७ सालको राजनीतिक परिवर्तनपछि कुनैपनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताएका छन्। 

‘हामीले अस्थिरताको राजनीतिक प्रहार निरन्तर ब्यहोर्न परिरहेको छ। ७ सालको राजनीतिक परिवर्तनपछि कुनैपनि सरकारले ५ वर्षको कार्यकाल पूरा गर्न सकेनन्। १५ सालको पहिलो संसदीय निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री पनि २ वर्ष पुग्न नपाउँदै थुनामा राखियो र लोकतन्त्र अपहरित गरियो’, ओलीले भने, ‘राजनीतिक अपेक्षा गरेको संविधान जारी भएको ७ वर्षभित्र ७ जना प्रधानमन्त्री फेरिए। हामीले राजनीतिक स्थायीत्वका साथ संविधान जारी गर्यौं तर वर्षमा एकजना प्रधानमन्त्री फेरियो। हाम्रो चाहना र खोजी स्थिरताको रहयो तर हाम्रो प्राप्ति अस्थिरता बन्यो।’

नयाँ बनेको सरकारबाट जनअपेक्षालाई पूरा गर्ने अठोटका साथ कार्य सुरु भएको उनले बताए। 

‘सत्तारुढ दलहरुको परिपक्व निर्णयले राजनीतिक दलप्रति आम जनताको विश्वास र भरोसा अझ मजबुद बनाउन ऊर्जा मिलेको छ। राष्ट्रिय जीवनका सबै क्षेत्रमा उत्साह संचालित भएको छ।’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .