ad ad

राजनीति


पूर्व गभर्नर जबराको पार्थिव शरीरमा कांग्रेस नेताहरूले ओढाए पार्टीको झण्डा

पूर्व गभर्नर जबराको पार्थिव शरीरमा कांग्रेस नेताहरूले ओढाए पार्टीको झण्डा

नेपालखबर
माघ २२, २०७९ आइतबार १२:७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबरालाई श्रद्धाञ्जली दिएका छन्। सभापति देउवाले पार्टीका अन्य नेताहरुसँगै माइतीघर हाइटस्थित निवास पुगेर जबरालाई श्रद्धाञ्जली दिएका हुन्।

श्रद्धाञ्जलीका लागि सभापति देउवासँगै महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनीलकुमार थापा, उदय शमशेर राणालगायतका नेताहरुमाइतीघर हाइट पुगेका थिए। श्रद्धाञ्जलीका क्रममा सभापति देउवा, महामन्त्री थापा र नेता सिंहले जबराको पार्थिव शरीरमा कांग्रेसको चारतारे झण्डा ओढाएका थिए।  

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षीय जबराको आइतबार बिहान निधन भएको हो। १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए।

राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उनको उमेर २९ वर्ष मात्र थियो।

जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .