ad ad

खेल


क्यान्सर जितेर फर्किएका फुटबलर, जसले क्यान्सर दिवसकै दिन गोल गरे

क्यान्सर जितेर फर्किएका फुटबलर, जसले क्यान्सर दिवसकै दिन गोल गरे

नेपालखबर
माघ २२, २०७९ आइतबार १२:९, काठमाडौँ

चर्चित स्ट्राइकर इर्लिङ हालान्डलाई म्यानचेस्टर सिटीले किनेपछि उनको स्थानमा जर्मन क्लब बोरुसिया डर्टमन्डले सेबास्टियन हेलरलाई भित्र्याएको थियो। 

फ्रान्समा जन्मिएका उनी आइभोरी कोस्टको राष्ट्रिय टोलीबाट पनि खेल्छन्। अघिल्लो सिजन डच क्लब आयक्सबाट डर्मन्ड गएका उनलाई त्यहाँ फुटबल करिअर थाल्दै गर्दा अण्डकोषको क्यान्सर पुष्टि भएको थियो।

गत साउन पहिलो सात डर्टमन्डका २८ वर्षीय फरवार्ड हेलरललाई अण्डकोषको क्यान्सर पुष्टि भएपछि फुटबल करिअर करिब सकिएको अनुमान गरिएको थियो। 

क्यान्सर पुष्टि भएपछि उनी त्यसबेला स्विट्जरल्याण्डस्थित क्लबको प्रशिक्षण क्याम्प छाडेर उपचारमा जुटेका थिए। त्यसबेला डर्टमन्ड प्री-सिजन टुरमा स्विट्जरल्याण्डमा थियो। 

प्रशिक्षणकै क्रममा अस्वस्थ महसुस भएको बताएपछि उनको स्वास्थ्य परीक्षण भएको थियो। त्यसबेला उनलाई 'टेस्टिकुलर ट्युमर' भएको पत्ता लागेको थियो।

हालान्डको स्थानमा ल्याइएका सेबास्टियन हेलरलाई क्यान्सर पुष्टि भएपछि क्लबलई झट्का लागेको थियो। प्रमुख फरवार्ड बिरामी परेपछि बुन्डेस लिगामा डर्टमन्डको यो सिजन औ‍सत चलिरहेको छ।

जारी सिजनको बुन्डेसलिगामा डर्टमन्ड १९ खेल खेल्दै ३७ अंकसित लिगको तेस्रो स्थानमा छ। यस्तोमा १९ खेलबाटै ३९ अंकसहित युनियन बर्लिन पहिलो र १८ खेलबाट ३७ अंकसहित गोलअन्तरका आधारमा बायर्न म्युनिख दोस्रो स्थानमा छ।

यस्तोमा ४ फेब्रुअरी अर्थात् शनिबार विश्व क्यान्सर दिवस मनाइयो। यही दिन भएको बुन्डेस लिगाअन्तर्गत एससी फाइबर्गविरुद्धको खेल ५-१ ले जित्दै बोरुसिया डर्टमन्ड उपाधि होटमा फर्किँदै तेस्रो स्थानमा उक्लिएको छ।

रोचक संयोग के रह्यो भने क्यान्सरविरुद्ध ६ महिना लामो संघर्ष गरेर शनिबारै सेबास्टियन हेलर पनि मैदानमा फर्किए। 

जटिल प्रकारको मानिने अण्डकोषको क्यान्सरविरुद्धको लडाइँ जित्दै मैदानमा फर्किएका हेलरले डर्मन्डलाई फराकिलो जित दिलाउने क्रममा व्यक्तिगत एक गोल पनि गर्न सफल भए।

क्यान्सरविरुद्धको लडाइँ जितेर फर्किएका उनले विश्व क्यान्सर दिवसकै गोल गर्दै हेलर सुखद पुनरागमन पनि गरेका छन्। 

उनलाई क्लबले फाइबर्गविरुद्ध सुरुवाती ११ मै राखेर मैदानमा उतारेको थियो। उनले क्लबको विश्वासलाई कायमै राख्दै खेलको ५१ औँ मिनेटमा हेडबाट गोल गरे।

हेलरलाई गोलका लागि राफायल ग्युरेरियोले पास उपलब्ध गराएका थिए। डर्टमन्डका लागि फराकिलो जित दिलाउने क्रममा हेलरसँगै निको,  करिम एडियमी, जुलिनय ब्रान्ड्ट र जियोभियानी रेय्नाले व्यक्तिगत एक एक गोल गरे। पराजित फाइबर्गका लागि लुकास होलेरले सान्त्वना एक गोल फर्काए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .