ad ad

राजनीति


रास्वपा बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

रास्वपा बैठक निष्कर्षविहीन, भोलि फेरि बस्ने

फाइल।


नेपालखबर
माघ २१, २०७९ शनिबार २३:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक निष्कर्षविहीन सकिएको छ। 

साँझ साढे ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठक विनानिष्कर्ष सकिएको हो। बैठकमा राष्ट्रपतिको निर्वाचनदेखि उपनिर्वाचनबारे पनि छलफल भएको रास्वपा नेता विराजभक्त श्रेष्ठले जानकारी दिए।

बैठक भोलि पुनः साढे ११ बजे बस्नेगरी सकिएको उनले बताए।

साढे २ घन्टाभन्दा बढी समय बसेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने कि सरकारमै बस्ने भन्नेबारे छलफल भएको थियो। 

गत बिहीबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर २ दिनको समय मागेको प्रवक्ता डा. मुकुल ढकालले बताएका थिए। 

२ दिनको अल्टिमेटम पाएको रास्वपा गृह मन्त्रालय आफैंले पाउनपर्ने बताउँदै आएको थियो। तर शनिबार साँझ प्रधानमन्त्री प्रच्ण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेसँगै रास्वपा छलफलमा जुटेको थियो। 

त्यसअघि प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले फोन गरेपछि सो समय दिएको प्रवक्ता मुकुल ढकालले बताएका थिए। 

रविलाई गृहमा पुर्नवहाली गर्नपर्ने ओलीले बताएका थिए। तर, प्रचण्डले भने अहिले सर्वोच्चको पूर्णपाठ नआएको र राहदानी विवाद समेत कायम रहेकाले गृह दिन नहुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .