ad ad

राजनीति


माधव नेपालको प्रतिवेदन- कांग्रेसको घमण्ड र माओवादीको सत्ताकेन्द्रित सोचले नयाँ गठबन्धन बन्यो (पूर्णपाठ)

माधव नेपालको प्रतिवेदन- कांग्रेसको घमण्ड र माओवादीको सत्ताकेन्द्रित सोचले नयाँ गठबन्धन बन्यो (पूर्णपाठ)

केन्द्रीय कमिटी बैठकमा सम्बाेधन गर्दै अध्यक्ष माधव कुमार नेपाल।


नेपालखबर
माघ २१, २०७९ शनिबार १४:१३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठकमा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। 

शनिबार (२१ माघ) बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेश गर्दै उनले आफ्नो प पार्टीसहित कांग्रेस–माओवादीको गठबन्धन टुट्नुका कारणहरु औँल्याएका छन्। प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादी केन्द्रको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको उल्लेख गरिएको छ। 

अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोहोर्‍याउने वा नडोहोर्‍याउने जिम्मा माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको हातमा पुगेको उल्लेख गरिएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु गठबन्धन टुट्नुको कारण रहेको समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

त्यस्तै, निर्वाचनको परिणामले मुलुकको राजनीतिक शक्ति सन्तुलनमा फेरबदल ल्याएको समेत उनले बताएका छन्। 

‘पुराना राजनीतिक दलहरूको प्रभाव केही घटेको छ। बुर्जुवा चरित्रका केही नयाँ राजनीतिक दलहरू प्रकट भएका छन्। वामपन्थी शक्तिहरू पहिलेको तुलनामा कमजोर देखिएका छन्। हाम्रो पार्टी पनि अनुमान गरिएभन्दा कमजोर देखिएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘एमाले, माओवादी, राप्रपा र रास्वपा सम्मिलित वाम–दक्षिणपन्थी गठबन्धन बनेको छ र त्यही गठबन्धनले सरकार बनाएको छ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बसेको छ र हाम्रो पार्टी पनि प्रतिपक्षमा छ। आजको ठोस परिस्थिति यही हो। यस ठोस परिस्थितिमा कस्तो कार्ययोजना तय गरेर अगाडि बढ्ने हो भन्ने प्रश्न खडा भएको छ।’

प्रतिवेदन:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .