ad ad

राजनीति


माधव नेपालको दृष्टिमा यी हुन् कांग्रेस–माओवादी गठबन्धन टुट्नुका ४ कारण

माधव नेपालको दृष्टिमा यी हुन् कांग्रेस–माओवादी गठबन्धन टुट्नुका ४ कारण

नेपालखबर
माघ २१, २०७९ शनिबार १३:४७, काठमाडौँ

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीसहित कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन टुट्नुमा ४ कारण रहेको औँल्याएका छन्। 

शनिबार (२१ माघ) सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा पेस गर्न तयार पारेको प्रतिवेदनमा उनले चुनावअघिको गठबन्धन तोडिनुमा चार कारण औँल्याएका हुन्। 

अध्यक्ष नेपालको निष्कर्ष अनुसार, गठबन्धन टुट्नुमा चारमध्ये दुई कारण नेपाली कांग्रेस र एक–एक कारण एमाले र माओवादी केन्द्रसँग सम्बन्धित छन्। 

कांग्रेस जिम्मेवार रहेका दुई कारणमा निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, नेपाली कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु रहेका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु गठबन्धन टुट्नुको तेस्रो कारण उनले ठहर गरेका छन्। 

माओवादी केन्द्रको सत्ताकेन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिँड्ने प्रवृत्ति गठबन्धन टुट्नुको चौथो कारण रहेको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .