ad ad

राजनीति


प्रतिनिधि सभामा देखिएको प्रस्तुतीले लोकतान्त्रिक व्यवस्था खतरामा : मेटमणि

प्रतिनिधि सभामा देखिएको प्रस्तुतीले लोकतान्त्रिक व्यवस्था खतरामा : मेटमणि

नेपालखबर
माघ १८, २०७९ बुधबार १५:१०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा राजा स्थापना गर्ने कुराले व्यवस्थामाथि खतरा उत्पन्न भएको बताएका हुन्। 

‘२०७९ माघ १८ गते प्रतिनिधि सभामा देखिएको प्रस्तुतिले लोकतान्त्रिक ब्यवस्था खतरामा परेको महसुस भएको छ। राप्रपाबाट निर्वाचित माननीयज्यूले खुलेरै भन्नुभयो–हामी राजा स्थापित गर्न चाहन्छौँ। हिन्दुराज्य बनाँउन चाहन्छौँ। साथै राप्रपा पार्टिलाई नहोच्चाउनको लागि सचेत समेत गराउनु भएको छ। यसैले गणतन्त्रवादी शक्तिहरू व्यवस्थाका विषयमा गम्भीर बन्नु जरूरी छ’ उनले भने।

राप्रपा नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभामा बोल्दै राजतन्त्र पुनर्स्थापना गर्ने बताएका थिए।

शाहीलाई प्रतिवाद गर्दै चौधरीले भने, ‘स्मरण रहोस्, न राजा पुनर्स्थापित हुन्छन् न त नेपाल हिन्दु राज्य पुनः हुन सक्छ। यसैले त्यो विषयमा छलफल नगरेकै राम्रो!  बरू लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने विषयमा बहस र छलफल गरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .