राजनीति


विश्वविद्यालयलाई राजनीतिक महत्वकांक्षा पूरा गर्ने थलो बनाउन हुँदैन : शिक्षामन्त्री

विश्वविद्यालयलाई राजनीतिक महत्वकांक्षा पूरा गर्ने थलो बनाउन हुँदैन : शिक्षामन्त्री

नेपालखबर
पुस १३, २०७६ आइतबार १०:५२,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल प्राध्यापक संघद्वारा आइतबार काठमाडौँमा आयोजित प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा मन्त्री पोखरेलले विश्वविद्यालयलाई राजनीतिक महत्वकांक्षा पूरा गर्ने थलो बनाउन नहुने बताएका हुन्।

मन्त्री पोखरेलले उच्च शिक्षा विधेयक , प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आगामी दिनमा विश्वविद्यालयलाई ज्ञान तथा अनुसन्धनात्मक थलोका रुपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने उल्लेख गरे।

गत कात्तिक ३० गते संघको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनबाट अध्यक्षमा प्रा. डा. बुद्धबहादुर थापा क्षेत्री, उपाध्यक्ष डा. रमेशकुमार जोशी, महासचिव नरेन्द्रप्रसाद शिवाकोटी, सचिव वैकुण्ठप्रसाद खनाल र कोषाध्यक्षमा देवराज अवस्थी निर्वाचित भएका थिए।

त्यसैगरी सदस्यमा डा. उदयकिशोर तिवारी, गणेश पाण्डेय, डिल्लीप्रसाद पाण्डेय, तोरणदीप धिताल, नेत्रप्रसाद न्यौपाने, भूमा शर्मा पाण्डे, भोजराज शर्मा, राजकुमार सुवेदी, शेरबाहदुर गुरुङ, पर्शुराम कोइराला, प्रा डा जगतबहादुर सिंह, प्रा डा राजनारायण यादवलगायत सदस्यमा निर्वाचित भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad