निर्वाचन आयोगले यही माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ।
दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं.१५ मा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।
उक्त स्थलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखले मतदान गर्ने गरी एउटा केन्द्र र प्रदेश सभाका सदस्यले मतदान गर्ने गरी अर्को केन्द्र गरी जम्मा दुईवटा मतदान केन्द्र तोकिएको छ।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने अन्य समूहको रिक्त एक पदका लागि यही माघ २५ गते चुनाव हुँदै छ।
माघ १६, २०७९, साेमबार
प्रतिक्रिया