ad ad

राजनीति


महरा भन्छन् : गृहमन्त्रीबारे निर्णयको जिम्मा प्रधानमन्त्रीलाई दिएका छौँ

महरा भन्छन् : गृहमन्त्रीबारे निर्णयको जिम्मा प्रधानमन्त्रीलाई दिएका छौँ

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०७९ सोमबार १४:४९, काठमाडौँ

नेकपा माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकपछि बोल्दै माओवादी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे कुनै कुरा नभएको बताए।

गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्री पद खाली छ।

यस्तोमा रास्वपाको आइतवार बसेको केन्द्रीय समिति बैठकले गृहमन्त्रीमा आफ्नो दाबी रहने बताएको थियो। 

सत्ता गठबन्धनको भाबन्डामा गृह आफूहरुकै भएकाले त्यसमा कसलाई पठाउने भन्ने टुंगो लगाउने रास्वपाले जनाएको थियो।

त्यहीअनुसार रास्वपा सभापतिमा शुक्रबारै फर्किएका लामिछानेले बालुवाटार पुगेर आफूलाई गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए।

तर गृहमन्त्रालय आफ्नै पार्टीमा राख्ने मुडमा रहेका प्रचण्डले रविलाई ठोस जवाफ नदिइ फिर्ता पठाइदिएका थिए। यसबीचमा सोमबार माओवादी पार्टी पदाधिकारी बैठक बसेको हो। 

'गृहमन्त्रीबारे कुरै भएन प्रवेश नै भएन। यसबारे प्रधानमन्त्री आफैंले निर्णय गर्नु हुन्छ, यो सरकारको विषय हो', महराले भने, 'यसबारेमा कुरा भए स्थायी समितिमा होला।'

उनले पर्सि बस्ने स्थायी समितिका लागि यो बैठकले एजेन्डामाथि छलफल गरेको बताए। 'स्थायी समितिमै राष्ट्रपति निर्वाचनबारे कुरा हुन्छ। पदाधिकरीको बैठक बस्यो, हिजो अस्ति होमवर्क पनि गरेको हो', उनले भने, 'पर्सी स्थायी समिति बैठक बस्ने निर्णय भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .