सभामुख निर्वाचित भएको ३ वर्षपछि नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटा पहिलो पटक पार्टी बैठकमा सहभागी भएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा उनी सहभागी भएका हुन्। तीन वर्ष अघि ठ्याक्कै आजकै दिन अर्थात् १२ माघ २०७६ मा अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएका थिए।
माओवादीका प्रभावशाली नेता उनी सभामुखमा निर्वाचित भएसँगै पार्टीका सबै जिम्मेवारीबाट हटेका थिए।
संयोग नै भन्नुपर्छ बिहीबार १२ माघमा उनी फेरि माओवादी केन्द्रको स्थायी समिति बैठकमा सहभागी भएका छन्।
उनलाई उपाध्यक्ष बनाउने तयारी छ।
105
Shares

प्रतिक्रिया