राजनीति


राज्य संयन्त्र ट्र्याकभन्दा बाहिर छन्, केही दिनमै ठीक गर्छौं : गृहमन्त्री लामिछाने

राज्य संयन्त्र ट्र्याकभन्दा बाहिर छन्, केही दिनमै ठीक गर्छौं : गृहमन्त्री लामिछाने

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ १०, २०७९ मंगलबार १४:३८, काठमाडौँ

गृहमन्त्री रवि लामिछानेले आफू मातहतको मन्त्रालयको प्रणाली र मापदण्ड सुधारका लागि निरन्तर लागिरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्र्दै उनले गृह मन्त्रालय सम्हाल्न आफूले खुट्टा दह्रो बनाएको जिकिर गरे। 

उनले संसदलाई एक अर्काको दुश्मनी बनाउने थलोको रुपमा बनाउन नहुने उनले बताए। ‘मैले सम्हालिरहेको गृह मन्त्रालय प्रणाली सुधार र मापदण्ड निर्माणमा निरन्तर लागिरहेको छ। यसले चाँडै परिणाम देखाउन सुरु गर्नेछ।’ मन्त्री लामिछानेले भने।

उनले आफू नतिजा दिनेगरी अघि बढेको पनि बताए। ‘म नतिजा अवश्य दिनेछु,’ लामिछानेले भने, ‘नेपाली जनताले ठूलो आशा राखेर हामीलाई निर्वाचित गराएर पठाएका छन्। अहिले जुन ढंगले राजयका स.रचना रहेका छन् तीनमा धेरै सुधार चाहिएको छ।’ उनले भने।

गृह मन्त्रालयले संवेदनशील विषयमा काम गरिरहेको उनको भनाई छ। र केही दिनमा त्यसबारे नतिजा पनि आउने उनले बताए। 

‘गृह प्रशासनले अब गर्न लागेको प्रणालीलाई सुधार गर्नुपर्ने छ। तपाई हामी सिस्टम सुधारमा मात्र काम गर्यौं भने आधा काम हुन्छ। गृह मन्त्रालयल अत्यन्त संवेदनशील भएर सबै विषयमा काम गरिरहेको छ। नतिजा किन समय लाग्ने भएको छ,’ उनले भने, ‘राज्यका संयन्त्रहरुलाई गिज्याइएको छ। ट्रयाकभन्दा बाहिर राखिएको छ। तीनलाई ट्रयाकमा राख्न नसक्दा कयौं ठाउँहरु हल्लिएका छन्। त्यस्ता ठाउँहरुलाई ठिक गरेर सम्भवतः केही दिनमै निर्णयमा पुग्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad