ad ad

राजनीति


राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

फाइल तस्बिर।


नेपालखबर
माघ ९, २०७९ सोमबार ११:२९, काठमाडौँ

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो।

‘राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेका छौं,’ पूर्वमहामन्त्री समेत रहेका नेता डा. शशांक कोइरालाले भने। उनका अनुसार व्यक्तिकाे विषयमा भने छलफल भएकाे छैन। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने भएको हो। यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवार बनाएको थियो। 

राष्ट्रपति पनि राष्ट्रिय सहमतिमा नै टुंग्याउनेगरी तयारी अघि बढेको प्रधानमन्त्री प्रचण्डले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .