राजनीति


शेखर कोइराला समूहको बैठक सुरु

शेखर कोइराला समूहको बैठक सुरु

फाइल तस्बिर।


नेपालखबर
माघ ८, २०७९ आइतबार ९:४९, काठमाडौँ

नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक सुरु भएको छ। काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा केहीबेर अघि बैठक सुरु भएको हो। 

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न इतर समूहको बैठक बसेको हो। 

छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेश सभापतिहरू सहभागी छन्।

सभामुख र उपसभामुको निर्वाचन सकिएलगत्तै अब दलहरुको ध्यान राष्ट्रपति निर्वाचनमा परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुख पदमा भने आफ्नै उम्मेदवार बनाएको थियो। 

प्रधानमन्त्री लगायत शीर्ष नेताहरूले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चुनिने बताउँदै आएका छन्। कांग्रेसले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad