राजनीति


ललितपुर बारमा माओवादी निकट कानुन व्यवसायीको प्यानलै विजयी

ललितपुर बारमा माओवादी निकट कानुन व्यवसायीको प्यानलै विजयी

नेपालखबर
माघ ७, २०७९ शनिबार २२:०, काठमाडौँ

ललितपुर बार एसोसिएसनमा नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको प्यानल विजयी भएको छ। 

ललितपुरको लगनखेल स्थित जिल्ला अदालत प्राङ्गणमा शनिबार भएको मतदानमा माओवादी अधिवक्ता राम श्रेष्ठको नेतृत्वको गणतान्त्रिक प्रगतिशील पेशागत कानुन व्यवसायीको प्यानल विजयी भएको हो। 

अधिवक्ता श्रेष्ठले ४२१ मत पाएका छन्। त्यस्तै, नेकपा एमाले-काङ्ग्रेस लगायतका दलबाट प्रतिस्पर्धामा उत्रिएको शशि कुमार कार्कीको प्यानल प्रतिस्पर्धामा थियो। 

कार्कीले १७० मतमात्र प्राप्त गरेका छन्। ललितपुर बार एसोसियसनको हरेक दुई वर्षमा चुनाव हुने गरेको छ। ललितपुर बारमा ८ सय १२ कुल मतदाता छन्।

मुख्य निर्वाचन अधिकृतका अनुसार ४ बजेसम्म मतदान भएको थियो भने त्यसपछि भएको मतगणना सम्पन्न भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad