राजनीति


प्रतिनिधिसभाका सांसदलाई मेरै भत्ताबाट कोचिङ कक्षाको व्यवस्था गरौं : मेटमणी चौधरी

प्रतिनिधिसभाका सांसदलाई मेरै भत्ताबाट कोचिङ कक्षाको व्यवस्था गरौं : मेटमणी चौधरी

नेपालखबर
माघ ७, २०७९ शनिबार १५:२३, काठमाडौँ

प्रतिनिधिसभा सदस्य एवं सांसद मेटमणी चौधरीले प्रतिनिधिसभा सदस्यहरूलाई संविधानको कोचिङ कक्षा आवश्यक भएको बताएका छन्। 

शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले कोचिङ कक्षाको व्यवस्थापनका लागि बजेट नछुट्टिएको भए आफ्नै भत्ताबाट भएपनि गर्न तयार रहेको बताए।

‘संवैधानिक सर्वोच्चता, आवधिक राज्यको कुरा गरिरहेका छौं। आफ्नो कानुन आफूलाई मन लागेको समय र दिनमा राष्ट्रपतिसँग सेटिङ डिक्लिएर गर्ने काम हामीले गरिरहेका छौं,’ चौधरीले भने, ‘यसलाई ताजा जनादेशको रुपमा डिफाइन समेत गरिरहेका छौं। हजारौं पटक झुटको खेती गरिरहेका छौं। यस्ता कुतर्क गर्नेहरुलाई नेपालको संविधान २०४७ र ०७२ को राम्रो कोचिङ व्यवस्था गर्नुपर्छ जस्तो मलाई लाग्छ।’

उनले यस्ता कुतर्क गर्नेहरुलाई कोचिङ कक्षाको आवश्यक्ता रहेको बताएका हुन्। 

‘०७२ को संविधानको धारा ७६ को दफा ७६ का उपधाराहरु पढ्न र सिकाउने कुरामा ध्यान दिनुपर्ने छ। सम्भवत प्रतिनिधिसभामा कोचिङका लागि बजेटको व्यवस्था छैन भने मैले आफूले प्राप्त गर्ने सेवासुविधाबाट काटेर यस्ता कुतर्क गर्ने व्यक्तिहरुलाई कक्षामा राखेर राम्रोसँग पढाउन अनुरोध गर्छु।’ चौधरीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad