नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले जिम्मेवारीमा बसेकाहरुबाटै भ्रष्टाचारको ढाकछोप गर्नेगरेको इतिहास रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै सांसद चौधरीले अर्बौको रकम सिस्टम मिलाएर गरिरहेको बताएका छन्।
‘आज हामीले जोड दिएर जिरो सहनशिलताका कुरा गरिरहेका छौं। तर हामीले लाख, करोड र अर्बौंका भ्रष्टाचारहरु सिस्टम मिलाएर गरिरहेका छौं,’ चौधरीले भने, ‘यो कुरा स्वयं प्रधानमन्त्रीहरुले नै यसको ढाकछोप गरिरहेको इतिहास धेरै छ। महत्वपूर्ण जिम्मेवारी पदमा बसेकाले त्यस्तो गरिरहेका छौं।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका चौधरीले राष्ट्रपतिसँग सेटिङ मिलाएर निर्वाचनको मिति तोकिने गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी समेत गरे।
‘संवैधानिक सर्वोच्चता, आवधिक राज्यको कुरा गरिरहेका छौं। आफ्नो कानुन आफूलाई मन लागेको समय र दिनमा राष्ट्रपतिसँग सेटिङ डिक्लिएर गर्ने काम हामीले गरिरहेका छौं,’ चौधरीले भने, ‘यसलाई ताजा जनादेशको रुपमा डिफाइन समेत गरिरहेका छौं। हजारौं पटक झुटको खेती गरिरहेका छौं। यस्ता कुतर्क गर्नेहरुलाई नेपालको संविधान २०४७ र ०७२ को राम्रो कोचिङ व्यवस्था गर्नुपर्छ जस्तो मलाई लाग्छ।’
प्रतिक्रिया