नवलपुरको मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग पनि निकालिएको छ।
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदीको भंगालोमा गैंडा मृत फेला परेको हो।
निकुञ्जकका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ गएको तिवारीले बताए।
स्थानीयवासीका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशंका छ।
गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ।
खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने अनुमान गरिएको छ।
गत वर्ष साउन ११ गते चितवनको माडी क्षेत्रमा एउटा गैंडा मारेर खाग चोरी भएको थियो। रासस
30
Shares
प्रतिक्रिया