ad ad

राजनीति


शीतल निवासमा सचिवहरुभन्दा पछाडि राखेपछि सांसद केसी आक्रोशित

शीतल निवासमा सचिवहरुभन्दा पछाडि राखेपछि सांसद केसी आक्रोशित

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १५:१९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रपति भवन शीतल निवासले सांसदहरुप्रति अनौठो व्यवहार देखाएको भन्दै आपत्ति जनाएका छन्। 

उनले सभामुख देवराज घिमिरेको शपथ ग्रहण समारोहमा शीतल निवासले सांसदहरुप्रति अनौठो व्यवहार देखाएको भन्दै आपत्ति जनाएका हुन्। 

शीतल निवासले राजपत्रको १० औँ स्थानमा रहेका सांसदहरुलाई १३ औँ स्थानमा रहेका सचिवहरुभन्दा पछाडि राखेकोमा केसीले आपत्ति जनाएका हुन्। 

‘सभामुख संसदको साझा संस्थाहो। सम्मानका लागि राष्ट्रपति भवनको शपथ ग्रहणमा उपस्थित भएँ। राजपत्रको दशौँ स्थानमा रहेका सांसदलाई तेह्रौँ स्थानका सचिवभन्दा पछिल्तिर राखेर राष्ट्रपति भवनले अनौठो व्यवहार देखायो,’ उनले लेखेका छन्, ‘के शीतल निवासलाई मर्यादासम्बन्धी न्यूनतम काइदा कानुन थाह नभएकै हो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .