राजनीति


नेकपा (बहुमत) ले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

नेकपा (बहुमत) ले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

नेपालखबर
माघ ६, २०७९ शुक्रबार १४:५०, काठमाडौँ

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ। 

नेता बास्तोलाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्रीसमक्ष बुझाइएकाे ध्यानाकर्षण पत्रमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए।

‘राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु’ प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्ध, थारु, मधेस लगायत  विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर छ। यसअघि नै अध्यादेशमार्फत विधेयक ल्याउने भनिएकोमा संसद सञ्चालन भएकोले यो विषयमा अब संसदबाट नै विधेयक गरेर अघि बढ्छौँ।’

त्यस अवसरमा प्रधानमन्त्रीले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेकोसमेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad