राजनीति


सभामुख देवराज घिमिरेले गरे पदभार ग्रहण

सभामुख देवराज घिमिरेले गरे पदभार ग्रहण

संसद सचिवालयमा पदभार ग्रहण गर्दै सभामुख घिमिरे। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १२:५४, काठमाडौँ

सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेसँगै सभामुखको कार्यकक्षमा पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन्। 

सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन्।

शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गरेका थिए।

शालिकमा माल्यार्पण गरेर सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गरेका हुन्।

हिजो (५ माघ) बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्।

विपक्षमा कांग्रेस गठबन्धनबाट ईश्वरी न्यौपानेले १०० मत ल्याएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad