ad ad

राजनीति


कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उठाउने

कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उठाउने

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १२:२३, काठमाडौँ

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ। 

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको संसदीय दलको कार्यसमिति बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निष्कर्ष निकालेको हो।

बैठकमा सहभागी एक नेता निकट स्रोतले समानुपातिक सांसद यादवलाई उपसभामुखको उम्मेदवार बनाउने सम्भावना रहेको जानकारी दिएको छ। 

बैठकमा सहभागी राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले भने निर्णय भइनसकेको प्रतिक्रिया दिए। 

‘दिउँसो २ बजेपछि निर्णयमा पुग्छौं,’ उनले नेपालखबरसँग भने, ‘अहिले निर्णय भइसकेको छैन।’

मुख्य ससचेतक रमेश लेखकले पनि उपसभामुखको उम्मेदवारका विषयमा निर्णय भइनसकेको बताए।  

‘उपसभामुखको उम्मेदवारका लागि अरु पार्टीसँग पनि छलफल गरिराखेका छौं,’ बैठकपछि मुख्य सचेतक लेखकले भने, ‘एक डेढ बजेभित्र तय गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .