ad ad

राजनीति


उपसभामुखको उम्मेदवार तय गर्दै कांग्रेस, देउवा निवासमा बैठक

उपसभामुखको उम्मेदवार तय गर्दै कांग्रेस, देउवा निवासमा बैठक

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार ११:३९, काठमाडौँ

प्रतिनिधिसभाका उपसभामुखको उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसिरहेको छ। 

सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकमा उपसभामुखको उम्मेदवारबारे छलफल भइरहेको छ। 

बैठकमा दलका नेता देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, मुख्य सचेतक रमेश लेखक, राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी र राष्ट्रियसभा सचेतक अनिता देवकोटा सहभागी छन्। 

सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।  

संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ता गराउने कार्यसूची छ। 

बिहीबार भएको निर्वाचनमा सभामुखमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .