नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौडेलसँग भेटेका छन्।
भेटमा श्रीवास्तवले भारतीय विदेशमन्त्री एस जय शंकरको बधाई सन्देश हस्तान्तरण गरे। सन्देशमा भारतीय विदेशमन्त्रीले राइसँग मिलेर दुई देशको सम्बन्ध अझ विस्तार गर्न चाहेको बताएका छन्।
उनले परराष्ट्रमन्त्री राईको कार्यकाल सफलताको कामना पनि गरेका छन्। सो अवसरमा नेपाल–भारत द्विपक्षीय सम्बन्धबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
39
Shares

प्रतिक्रिया