प्रतिनिधसभाको उपसभामुखको उम्मेदवार टुंगो गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।
शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।
रास्वपाले उपसभामुख पाउने सत्ता साझेदार दलबीच समझदारी छ। अब रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउन सक्छ।
काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव जितेकी गौतम कानुनमा बीएलएलबी गरेकी छन्।
उपसभामुखको चुनाव ७ माघका लागि तय भएको छ। संसद सचिवालयले बिहीबार उपसभामुखको चुनावी कार्यतालिका प्रकाशित गरेको छ।
165
Shares

प्रतिक्रिया