कारोबार


स्यान्डमार्टिन इन्टरनेशनल बन्यो डीएचआईको प्रविधि साझेदार

स्यान्डमार्टिन इन्टरनेशनल बन्यो डीएचआईको प्रविधि साझेदार

नेपालखबर
माघ ५, २०७९ बिहिबार १८:३१, काठमाडौँ

पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरणहरु बिक्रीवितरण गर्दै आएको डीएचआईले स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेडलाई प्रविधि साझेदार बनाएको छ। 

स्यान्डमार्टिन ताइवानको कम्पनी हो। दुई कम्पनीबीच साझेदारी सम्झौता भएसँगै डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।  

छोटो समयमा नै नेपाली ग्राहकहरुमाझ डीएचआईले आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ। 

नेपाली बजारमा लामो समयदेखि सेटटप बक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा बिक्रीवितरण गर्न थालेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad