नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका मेची-कोसी ब्युरो इन्चार्जसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार र शनिबार गरी प्रतिबन्धित नेकपाकी मेची-कोसी ब्युरो इन्चार्ज उमा भुजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँसहित चार जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूमध्ये दुई जनालाई सुनसरीको चकरघट्टीबाट आजै (शनिबार) बिहान र २ जनालाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकामा मेची-कोसी ब्युरो कार्यालय सचिव सुमन सिंहलगायत छन्।
प्रतिक्रिया